दफा
पेटेण्टको अवधि
: (१) दफा २३ख. बमोजिम नवीकरण गराएको अवस्थामा बाहेक दफा ७ बमोजिम दर्ता भएको पेटेण्टमा दर्ता भएको मितिले सात वर्षसम्म मात्र पेटेण्टवालाको हक कायम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुनुभन्दा अघि दर्ता भएको पेटेण्टको अवधिको हकमा सो पेटेण्ट दर्ता हुँदाका बखत कायम रहेको व्यवस्था बमोजिम नै अवधि कायम हुनेछ । सो अवधि भुक्तान भएपछि दफा २३ख. बमोजिम  नवीकरण गराउनु पर्नेछ ।